जापानले विदेशी विद्यार्थीका लागि अवसर दिने

जापानले विदेशी विद्यार्थीका लागि अवसर दिने

असार २१, काठमाण्डौ–नेपालबाट जापानमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी तथा सम्पूर्ण विदेशी विद्यार्थीका लागि जापान सरकारले नयाँ र सकारात्मक परिवर्तन गर्ने भएको छ । विदेशी विद्यार्थीका लागि जापान सरकारले रोजगारीको दर ५० प्रतिशत पु¥याउने नीति सार्वजनिक गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको सरकारले क्रान्तिकारी विदेश नीति अपनाउने क्रममा यस्तो योजना बनाएको हो । अहिले जापानमा विदेशी विद्यार्थीहरुको रोजगारको दर ३० प्रतिशत मात्र छ ।
हालै बसेको दशौं काउन्सिल वैठकमा सन् २०१६ को आधारभूत आर्थिक व्यवस्थापन सम्बन्धी योजना र नीतिको मस्यौदामाथिको छलफलका क्रममा सरकारको यस्तो नीति सार्वजनिक गरेको हो । तर प्रस्तावित यो नीति पारित भने हुन बाँकी छ ।
साथै सरकारले जापानमा बस्दै आएका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको पिआर वा ग्रीन कार्डको समयसीमा पनि कटौति गर्ने योजना प्रस्ताव गरेको छ ।
हालको पाँच वर्ष काम नगरी स्थायी बसोवासको आवेदन दिन नपाईने नियमलाई संशोधन गरि छोटो पारिने भएको छ ।
अहिले १० वर्षसम्म बस्दै आएका विदेशीले मात्र पिआर पाउने प्रावधान छ ।
यो नीति लागु भएपछि  जापानमा अध्ययनरत नेपाली विद्यार्थीले पनि लाभ लिन सक्नेछन् ।